राष्ट्रिय महिला टिमको प्रशिक्षकमा थापा नियुक्त
काठमाडाैं | माघ १५, २०७९
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि अनन्तराज थापालाई राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
नेपालले भारतसँग फेब्रुअरी १३ र २५ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ। थापा घरेलु फुटबलमा विभागीय टिम नेपाल पुलिसका प्रशिक्षक रहँदै आएका छन्।
एन्फाले सहायक प्रशिक्षकमा गंगा गुरुङलाई नियुक्त गरेको छ भने सुरुज कुमार लामाले गोलकिपर प्रशिक्षकको जिम्मेवारी पाएका छन्।
यस्तै राष्ट्रिय टिमको व्यवस्थापक विन्द्रा देवान नियुक्त भएकी छन्।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

